समाचार

मानव कल्याण समाजलाई नगदसहित सम्मान



ललितपुर, १४ असोज । भक्तपुरका सडक पेटि तथा सार्वजनिक स्थलहरुमा रहेका बेवारिसेहरुको उद्दार उपचार र पालनपोषण गरिरेको सस्था मानव कल्याण समाज ललितपुरमा सम्मानित भएको छ ।

ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर एकमा रहेको उपयोगी बचत तथा ऋण सहकारी सस्थाले आफ्नो १४ औ वार्षिक उत्सवको अवसरमा रु। २० हजार नगद सहित, दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको हो । स्थापनाको करीव डेड वर्षमा सेवा घरले भक्तपुर जिल्ला भित्रका १५० जनालाई उद्दार गरि पारीवारिक स्नेह सहितको सेवा र ६० जनालाई पारिवारिक पुनर्मिलन समेत गराइसकेकी छ । ‘हुनेबाट सहयोग नहुनेलाई उपयोग’ भन्ने नारा सहित सेवा गरिरहेको मानव कल्याण समाजको सेवा नितान्त नेपालिहरुको साथ सहयोग र सहभागितामा सन्चालित छ ।

हाल मानव कल्याण समाजको सेवा घरले भक्तपुरको सडकमा रहेको करीव ९५ प्रतिशत बेवारिसे मानवहरुको उद्दार गरिसहेको छ र हाल सेवा घरमा ७० जनाले सेवा पाइरहनुभएको छ ।