भक्तपुर, १४ असोज । सूर्यविनायक नगरपालिकाले नगरक्षेत्रका जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टुबर १ लाई इन्टरन्यासनल डे अफ ओल्डर पर्सन्स अर्थात् अन्तरर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा नगरपालिकाले नगरपालिकाले आज एक कार्यक्रमकाबीच २० जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

आज ‘द जर्नी टु एज इक्वालिटी अर्थात् उमेरकै कारण गरिने विभेद–अन्त्यको यात्रा’ भन्ने नाराका साथ संसारभरि नै अन्तरर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्यतापूर्वक मनाउने गरिएको छ । विसं २०७६ को प्रारम्भसँगै वर्तमान सरकारले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई योगदान रकम सरकारले नै बेहोर्ने गरी निःशुल्क स्वास्थ्य बीमामा आबद्ध गर्ने नीति कार्यान्वयन गर्न थालिसकेको र त्यसैलाई आधार बनाई नगरपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेका हो ।

यतिखेर झण्डै अढाई लाख ज्येष्ठ नागरिक वार्षिकरुपमा एक लाख रुपैयाँ बराबरको तोकिएका सुविधा सेवा विभिन्न स्वास्थ्य संस्थाबाट प्राप्त गरिरहनुभएको छ । चालू आर्थिक वर्षभित्र ७७ वटै जिल्लाका ज्येष्ठ नागरिकलाई यस योजनामा आबद्ध गरिनेछ । ज्येष्ठ नागरिकबाट प्राप्त हुने प्रज्ञा, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्नुपर्दछ भन्ने सरकारको मान्यता छ । यसका लागि सरकारले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवमा आधारित सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरणको सिर्जना गर्दैछ । ज्येष्ठ नागरिकहरुको मार्गदर्शनमा परिवार र समाजले सही दिशाको पहिचान अनि असल संस्कृतिको प्रवर्द्धन गर्न सक्दछ ।












प्रतिक्रिया दिनुहोस्