काठमाडौँ, १५ असोज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जटिल प्रकृतिका निर्माण कार्य उपभोक्ता समितिमार्फत नगराउन देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धानले दिएको सुझावको आधारमा मन्त्रालयले मंगलबार ७ सय ५३ वटै स्थानीय तहलाई सो निर्देशन पालना गराउन पत्राचार गरेको हो । समितिमार्फत ठूला पूर्वाधार निर्माण कार्य गराउँदा गुणस्तरीयताको सवाल उठेको भन्दै मन्त्रालयले सो निर्देशन दिएको मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिए ।
मन्त्रालयका सूचना तथा प्रविधि शाखाका अधिकृत शेखरनिधि पौड्यालले मन्त्रालयको निर्णयअनुरूप कार्यान्वयनका लागि सातवटै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लेखी पठाएको बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
प्रतिक्रिया दिनुहोस्