समाचार

सन् २०२१ को लागि डीभी खुल्यो, यसरी भर्न सकिन्छ आवेदन



काठमाडौँ, १५ असोज । सन् २०२० को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आवेदन खुलेको छ ।

बुधबार मध्याह्न १२ बजेदेखि खुलेको अनलाइन आवेदन ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे बन्द हुने छ । आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ । आवेदन फारम भर्न कुनै शुल्क लाग्दैन ।  नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरको आधारमा आफूलाई डीभी परेरनपरेको थाहा हुन्छ ।

व्यक्तिगत विवरणको आधारमा कम्प्युटर सिस्टमले डीभीको लागि योग्य व्यक्तिहरुको छनोट गर्ने छ । भारत, पाकिस्तान, बंगलादेशसहित १७ देशका नागरिकहरुले भने डीभीको फारम भर्न पाउने छैनन् ।

डीभीको आवेदन दिन नपाउने देशहरुमा चीन (मुख्य भूमिमा जन्मिएका), ब्राजिल, क्यानडा, कोलम्बिया, डोमिनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत (उत्तरी आयरल्याण्ड बाहेक) र भियतनाम छन् ।

किनभने यी देशहरुका ५० हजार नागरिकलाई डीभी परिसकेकाले निवेदन दिन नपाउने भएका हुन् ।