कपिलबस्तु, १७ असोज । लागुऔषधसहित दुई जनालाई कपिलबस्तु प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पिपरा कपिलबस्तुका अनुसार बाणगंगा नगरपालिका वडा नं ५ खुटेनीबाट लु ११ प ५२७९ नम्बरका मोटरसाइकल चालक सलाउद्दिन मुसलवान र सोही मोटरसाइकलको पछाडि सवार मकिम भन्ने मजिबुर रहमानलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ९ ग्राम ७९० मिलिग्राम लागु औषध, नेपाली नगद रु १३ हजार, भारतीय एक हजार बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्