हेटौंडा, १७ असोज । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका-१, चाइना क्वार्टरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतिको मृत्यु भएको छ भने उहाँका श्रीमान घाइते हुनुभएको छ ।
शुक्रबार बिहान नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ८ ख ३८७२ नम्बरको ट्याङ्करले चाइना क्वार्टरबाट बजारतर्फ निस्कँदै गरेको ना ५६ प ४९३५ नम्बरको मोटरसाइकललाई ठक्कर उक्त दुर्घटना भएको हो । ट्याङ्करको ठक्करबाट हेटौंडा–१, चाइना क्वार्टरकी ३५ वर्षीया सीता न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्करबाट उहाँका श्रीमान ४५ वर्षीय शशि न्यौपाने घाइते हुनु भएको छ ।










प्रतिक्रिया दिनुहोस्