समाचार

ट्रक र बस ठोक्किँदा १२ जना घाइते



दाङ, १८ असोज । दाङमा बस र ट्रक एक आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।

आज बिहान देउखुरीमा पूर्वबाट पश्चिम तर्फ गइरहेको ना १ क ४७९३को ट्रक र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख ५१८३ नम्बरको बस एक-आपसमा ठोक्किँदा र १२ जना घाइते भएका हुन् ।

बस चालक कैलाली जिल्ला घोडाघोडी नगरपालिका १ निवासी अरुण चौधरी साथै अन्य यात्रु पनि गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेमध्ये बस चालक चौधरीलाई बुटवल र बसका यात्रु कैलाली जिल्ला गौरीगंगा नगरपालिका १० निवासी १९ वर्षीय प्रीति चौधरीलाई कोलपुर रिफर गरिएको छ ।

अन्यको राप्ती सेवा पोलिक्लिनिक भालुवाङमा उपचार पछि घर फर्की सकेको छ भने । ट्रक चालक गाडी भित्रै फसेकाले अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।