समाचार

घुससहित दुई जना प्रहरी पक्राउ



काठमाडौँ, १९ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई प्रहरीलाई घुससहित पक्राउ गरेको छ ।

शुक्रबार सशस्त्र प्रहरी सीमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र जवान रतीराम चौधरीलाई रु २० हजार घुससहित पक्राउ गरेको हो ।

भारतबाट माल सामान ल्याउने क्रममा भन्सार शुल्क तिरिसकेपश्चात् पनि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा खटिइएको आयोगको टोलीले उनीहरूलाई सेवाग्राहीबाट लिएको रु २० हजार घुससहित भजनी नगरपालिका–१ स्थित वेलकम कटेज नजिकैबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।