समाचार

सुनसान बन्दै काठमाडौँ उपत्यका : २४ लाखभन्दा बढी मानिस बाहिरिए



काठमाडौँ, १९ असोज । नेपालीहरुको महान् चाड विजय दशमी (दशैँ) मनाउन करिव २४ लाख भन्दा बढीले काठमाडौँ, उपत्यका छोडेसँगै चहलपहल घटेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुसार शनिबार सबैभन्दा धेरै तीन लाख ४५ हजार मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । त्यस्तै ५४ हजार आठ सय गाडी बाहिरिएका छन् । अहिलेसम्म दशैँ मान्नका लागि झण्डै २४ लाख मानिस बाहिरिएका छन् ।

प्रहरीका अनुसार दशैँको अवसरमा शान्ति सुरक्षाका लागि देशभरि आठ हजार पाँच सय स्थानमा ४३ हजार प्रहरी परिचालन गरिएको छ । प्रहरीले गाडीले तोकेकोभन्दा बढीसम्म भाडा असुल्ने गरेको पाइएको भन्दै तीन सय ५० गाडीलाई कारबाही गरिएको जनाएको छ ।