राजनीति

मानव कल्याण समाजद्वारा एक महिनामा ६० जनाको उद्दार, २४ जनाको पुनस्थापना



काठमाडौँ, २० असोज । यसपालिको दसैंमा कोही बेवारीसे नरहुन सडकमा भन्ने उद्देश्यले गत भदौ २३ गतेबाट भक्तपुर चागुनारायण सातमा रहेको मानव कल्याण समाज ९सेवा घर०ले प्रत्येक दिन राती ९ बजेदेखी १२ बजेसम्म सञ्चालन गरिरहेको रात्रीकालिन सडक अध्ययन, अवलोकन तथा उद्दार कार्यक्रमबाट ६० जनाको उद्दार गरिएको थियो भने ३५ जनालाई सडकबाट नै परिवारमा फर्काउनको लागि मनोपरामर्श प्रदान गरिएको थियो ।

उद्दार गरिएको ६० जना मध्य १५ जनालाई आफन्त आएर जिम्मा लिएर गएका छन भने ९ जनालाई शनिबार सामुहिक पुनस्थापना गरिएको छ । जिल्ला समन्वय समिती भक्तपुरको आयोजनामा मानव कल्याण समाज र महानगरिय प्रहरी परीसरको सहकार्यमा सोही एक महिने अभियानलाई लक्षित गरी बेवारीसे सडक मानव व्यवस्थापन तथा अवस्था अध्ययन प्रतिबेदन प्रस्तुत कार्यक्रमका बिच महानगरिय प्रहरी परीसर भक्तपुरका प्रमुख सविना प्रधानले फुलको गुच्छा दिदै सडकमा नआउनको लागि परमर्श सहित ९ जनालाई सामुहिक पुनस्थापना गरिएको थियो ।

प्रदेश नं. तीनका सांसद प्रतिमा श्रेष्ठ र सरस्वती बाटिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सूर्यबिनायक नगरपालिकाको उपप्रमुख जुना बस्नेत, मध्यपुर नगरपालिकाको उपप्रमुख अन्जनादेवी मधिकर्मी, गैर सरकारी सस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाइको आतिथ्यता भएको थियो ।

प्रमुख अतिथी द्वय सांसदले मानवीय कल्याणको कार्यमा भक्तपुरका माथिल्लो निकायबाट पनि साथ दिने हो भने भक्तपुर छिट्टै सडक मानव मुक्त हुनेमा दुई मत नरहेको बताउनु भयो । उहाँले मानव कल्याण समाजले सञ्चालन गरिरहेको रात्रीकालिन अभियानमा निरन्तर आफु पनि साथमा हिडिरहेको जानकारी दिदै यस्तो महान मानवीय कार्यमा प्रदेशबाट भरपुर साथ हुने समेत बताउनु भयो ।

कार्यक्रमका समन्वय समितिका प्रमुख नवराज गेलालले मानव कल्यण समाजको कार्यको उच्च प्रसम्शा गर्दै अब चरण बद्द रुपमा भक्तपुरलाई सडक मानवमुक्त बनाउने अभियानमा लाग्नको लागि समन्वय समिती तयार रहेको बताउनु भयो ।

महानगरिय प्रहरी पेरिसर भक्तपुरका प्रमुख सविना प्रधानले यस्ता सडक मानवहरुबाट हामीले सोच्नै नसकिने घटनाहरु समेत हुने गरेको र सडक मानवहरु माथिनै दुर्व्यबहार र अपराध पनि हुने गरेकोले यदी भक्तपुरलाई अपराध मुक्त बनाउने हो भने सडक मानवको व्यवस्थापना हुनै पर्ने र मानव कल्याण समाजको उद्दार कार्यको प्रशंसा गर्दै महानगरिय प्रहरी परिसर जस्तो सुकै कठिन अवस्थामा मानव कल्याण समाजको साथमा रहने बताउनु भयो ।

कार्यक्रममा प्रतिबेदन प्रस्तुती मानव कल्याण समाजको अध्यक्ष सुमित्रा चौलागाइले गर्नुभएको थियो ।

भदौ २३ गतेबाट सुरु भएको रात्रीकालिन अभियानमा सुरुवातमा मध्यपुर नगरपालिकाको उपप्रमुख अन्जना देवी मधिकर्मिज्युले प्रत्यक्ष साथ दिनुभएको थियो भने एक महिनाको बिचमा प्रदेश सभा सांसद प्रतिमा श्रेष्ठ, सुर्यबिनायक नगरपालिकाको उपप्रमुख जुना बस्नेत, प्रहरी परिसरका प्रमुख सविना प्रधान, समाजसेवी बिष्णुराज कार्की, वेभ ग्रुप, हनुमन्ते नदी सफाई अभियान, पातन्जल योग समिती नेपाल, टाका ग्रुप, समाजवाद अध्ययन केन्द्र लगायतका सस्थाहरुले प्रत्यक्ष साथ दिएको सस्थाकी अध्यक्ष सुमित्रा चौलागाइले जानकारी दिनुभयो ।