राजनीति

दर्जनौं नेता तथा कार्यकर्ता नेकपामा प्रवेश



बागलुङ, २० असोज । नेपालीहरुको महान् चाड विजया दशमी (दशैं) उल्लासमयका साथ मनाइरहेको समयमा बागलुङ जिल्लाको कोठेखोला गाउँपालिकामा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस तथा राष्ट्रिय प्रजातान्त्रीक पार्टी (राप्रपा)का दर्जनौं नेता तथा कार्यकर्ता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा(मा प्रवेश गरेका छन् ।

नेकपा वडा नं. ६ ले आयोजना गरेको दशैं, तिहार तथा छठ पर्वहरुको शुभवकामना आदान प्रदान कार्यक्रममा उक्त १६ जना दलका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गरेसँग आगामी उपनिर्वाचनका लागि पछिल्लो समय जनलहर तिव्र मात्रामा बढिरहेको छ ।

पार्टी प्रवेश गर्दै नवप्रवेहीहरुले देशको समृद्धिको यात्रामा नेकपाको अर्को कुनै विकल्प नभएको बताउँदै वर्तमान नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले जनताको चाहना र आवश्यकता अनुसारको विकास र समृद्धिलाई तिव्र गतिका साथ अघि बढाउन सक्ने ठोकुवा समेत गरे ।

भिजन र दृष्टिकोणको साथमा प्रभावकारी कार्यान्वयन अपरिहर्य रहेको बताउँदै नवप्रवेशीहरुले अबको समृद्धिको साथमा समाजवादको यात्रामा नेकपा मात्रै देशको जनमुखी पार्टी भएको बताए । उनीहरुले नेकपा नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्दै देशमा शान्ति, सुशासन, स्थितरता, नयाँ नयाँ प्रणालीको प्रयोग गर्दै नेतृत्वले शासक नभई सेवक भएर काम गरिरहेकाले आगामी यात्रा नेकपाले लिएको नीति तथा कार्यक्रममा दृढताका साथ एकतावद्ध भएर अघि बढ्ने प्रविबद्धता समेत व्यक्त गरे ।

नवप्रवेशीलाई पार्टी प्रवेश गराउँदै नेकपाकी नेतृ तथा प्रतिनिधिसभाका सांसद मनकुमारी जिसीले देशभर नेकपा नेतृत्वको सरकारले विकासको मुल फुटाएको बताउँदै जनताको विकास प्रतिको तिव्र चाहना र आकाक्षालाई पार्टीले लिएको चुनावि प्रतिवद्धता तथा नीति अनुसार क्रमिक रुपमा पुरा गर्दै जानेमा ढुक्क हुन सवैलाई आग्रह गर्नुभयो ।

उहाँले सरकारको समृद्ध नेपाल सुखी नेपाली बनाउने महाअभियानमा सवै एक ढिक्का भई सफल बनाउनुको वर्तमान समयको अनिवार्य आवश्यकता रहेको औल्याउँदै विकासबाट आत्तीएक र राजनीतिक भविष्य समाप्त हुने डर बोकेका केही दल तथा प्रतिगामी तत्वहरुले सरकारको राम्रो कामहरुको विरोध गरेर विकास र समृद्धिको यात्रा नरोकीने बताउनुभयो ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले देशमा विकासको मुहार फेर्न शुरु गरेको मात्र नभई सडक मानव मुक्त बनाउने कार्यलाई समेत तिव्रता दिइरहेको जानकारश्र गराउँदै सांसद जिसीले शिक्षा, स्वास्थ्य क्षेत्रमा समेत व्यापक सुधार भइरहेको बताउनुभयो । शिक्षालाई आधुनिकिकरण गर्दै वैज्ञानिक तथा प्राविधि शिक्षाको विकास नै देशको मेरुदण्ड भएको उल्लेख गर्दै उहाँले व्यवहारिक शिक्षाको साथमा रोजगारी तथा आत्मनिर्भरताको बाटो सरकारले लिएको समेत उल्लेख गर्नुभयो ।

वर्तमान सरकारलाई जनताको साथ रहेको बताउँदै सांसद जिसीले भन्नुभयो, ‘हामी जनप्रतिनिधि शसक हैन, सेवक हौं । जनताको आवश्यकता र चाहना अनुसारका विकासका कार्यहरु गर्दै अघि बढ्छौं । जसको लागि जनताले नेकपालाई साथ दिनुभएको छ । जनताको जनमतलाई सम्मान गर्दै अघि बढ्छौं । जनता भएन हामी जनपतिनिधि हुन सक्छौं । जनताले जनमत नदिए कसरी हामी जनप्रतिनिधि हुन सक्छौं ? त्यसैले जनता नै निर्णायक तथा सवै भन्दा ठूलो शक्ति हो । जनता विनाको जनप्रतिनिधि पानी विनाको माछा जस्तै हुन्छ । त्यसैले जनता नै हाम्रो लागि भगवान हो । जनताको चाहनामा कुनै कुठाराघात हुन सक्दैन ।’

वडा कमिटी अध्यक्ष थानेश्वर कडेलेको अध्यक्षतामा भएको कार्यक्रममा सांसद जिसी, अमर थापा, डिल्ली बहादुर कार्की, चित्रकला छत्याल, दिपक गौतम, शिवलाल कँडेल, मुक्त प्र. कँडेललगायतका रहनुभएको थियो । उक्त कार्यक्रमले बुद्धकलि विकको संयोजकत्वमा ३१ सदस्यिय राष्ट्रिय दलित मुक्ति मोर्चा, गंगा बहादुर विकको संयोजकत्वमा ३५ सदस्यिय राष्ट्रिय युवा संघ तथा देवी सापकोटा कँडेलको संयोजकत्वमा ३१ सदस्यिय अनेमसंघको समेत कमिटी बनाएको छ ।

कार्यक्रममा देशभक्त गीतहरु समेत प्रस्तुत गरिएको थियो ।