समाचार

बढी भाडा लिने गाडी नियन्त्रणमा



पोखरा, २० असोज । दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणसँग बढी भाडा लिएका ६ ओटा गाडीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार नियन्त्रणमा लिएको छ ।

यात्राका क्रममा बीच बाटोमा यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी रुपमा बढी भाडा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न चेकिङका साथै सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताउँदै जिल्ला प्रहरी कार्यालय कास्कीका उपरिक्षक राजकुमार केसीले यस क्रममा बढी भाडा असुल गरेका ६ ओटा गाडीका चालकलाई पक्राउ गरी थप अनुसन्धान गरिएको बताउनुभयो । मनोमानी रुपमा मोलमोलाइ गर्दै बढी भाडा असुल गरेको पाइएमा प्रहरीमा खबर गर्न उहाँले सबैसँग आग्रह गर्नुभयो ।