गोरखा, २१ असोज । गोरखाको सहिद लखन गाउँपालिका स्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको केबलकार बन्द हुने भएको छ ।
दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालन गरिरहेको केबलकार सेवा आजदेखि बन्द गरिएको छ । हरेक बर्ष नेपालीहरुको महान् पर्व वडादशैँको समयमा तीन दिन बन्द गर्दै आईरहेको मकामना केबलकार सेवा २० देखि २२ गते सम्मका लागि बन्द गरिएको मनकामना दर्शन।प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले जानकारी दिनुभयो ।
असोज २३ गते (बिहिबार)बाट नियमित संचालनमा आउने नायव महाप्रबन्धक कायस्थले बताउनुभयो । चितवनको इच्छाकामना गाउँपालिका वडा न ४ कुरिनटार चेरेसमा मनकामना केबलकारको प्रवेशद्धार ९बटम स्टेशन० रहेको छ ।










प्रतिक्रिया दिनुहोस्