एजेन्सी, २३ असोज । अफिगानिस्तान गुप्तचार संस्थाले अमेरिका अफगानिस्तानको संयुक्त सैनिक कारवाहीमा अल कायदाका दक्षिण एशिया प्रमुख मृत्यु भएको जनाएको छ ।
सेप्टेम्बर २३ मा अफगानिस्तानको हेलमान प्रान्तस्थित एक घरमा गरेको कारवाहीमा असिम उमार मारिएको बताएको हो । अल कायदा र अमेरिकाले भने उमारका मृत्युको पुष्टि गरेको छैन । तर तालिवानका एक नेताले समाचार अस्वीकार गरेका छन् । ती नेताले शत्रुले अतिरञ्जनायुक्त प्रचार भन्दै अस्वीकार गरेको छ । सो आक्रमणमा सर्वसाधारण मात्रै मारिएको तालिवानले जनाएको छ । अफगान गुप्तचार निकायले उमारको भन्दै केही फोटो समेत सार्वजनिक गरेको छ । सो कारवाहीमा उमारसहित ६ जना अलकायदाका सदस्य मारिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्