समाचार

विश्वकप छनोट : आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै



काठमाडौँ, २३ असोज । विश्वकप फुटबलको दोस्रो चरण तथा एशियाली छनोटमा नेपालको राष्ट्रिय फुटबल टिमले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

अष्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । अष्ट्रेलिया वरियताको ४४ औँ स्थानमा छ । नेपाल १६१ औँ स्थानमा छ । यसअघि नेपालले कुवेत र चाईनिज ताईपेसँग खेलेको थियो । कुवेतसँग सात शून्यले पराजित भएको नेपालले चाइनिज ताइपेइलाई दुई शून्यले पराजित गरेको थियो ।