काठमाडौँ, २४ असोज । देशका पहाडी भेगमा आगामी ३ दिन बदली तथा वर्षा हुने साथै तराई क्षेत्रको मौसम भने आगामी ३ दिन नै सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पूर्वी भू–भागमा शुक्रबार दिउँसो आंशिकदेखि सामान्य बदली हुने साथै मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली हुने र पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ । शुक्रबार राति पनि पहाडी भेगको मौसम सफा हुने छैन । यसका एक दुई स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । शनिबार दिउँसो तथा राति आंशिक बदली रही एक दुई स्थानमा वर्षा हुने छ । एक दुई स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । आइतबार देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भागको आइतबारको मौसम भने सफा रहनेछ ।










प्रतिक्रिया दिनुहोस्