एजेन्सी, २५ असोज । सन् १९६५ मा पहिलो पटक अन्तरिक्षमा हिँड्ने अन्तरिक्ष यात्री एलेक्सी लियोनोवको ८५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेका लियोनोवको उपचारका क्रममा मस्को अस्पतालमा निधन भएको हाे । रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेंकोले लियोनोवको निधनलाई ‘पुरै ग्रहका लागि क्षति’ भएको बताएका छन् । एलेक्सी लियोनोव आफ्नो अन्तरिक्ष यानबाट बाहिर निक्लेर १६ फिट लामो केबलको सहयोगमा १२ मिनेटसम्म हिँडेका थिए । सन् २०१२ मा लियोनोवले बीबीसीसँग भेनका थिए, ‘तपाईँ यसलाई शब्दमा वर्णन गर्नै सक्नुहुन्न । बाहिर निस्केर केवल महसुस गर्न सकिन्छ कि हाम्रो चारैतर्फ कति विशाल संसार छ ।
लियोनोवको जन्म साइबेरियामा भएको थियो । सन् १९४८ मा उनको परिवार पश्चिमी रुसमा बसाइँ सरेको थियो । उनी गागरिन अन्तरिक्षमा जाने पहिलो व्यक्ति हुन् । लियोनोवलाई ‘हिरो अफ् सोभियत युनियन’ को मेडलबाट दुई पटक सम्मानित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्