पर्सा, २६ असोज । पर्सामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
शुक्रबार साँझ पर्सागढी नगरपालिका-३ मा ग.७ प. ३४०३ नम्वरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको ना.२० प. २२८७ नम्वरको मोटरसाइकल कठहरिया पुलमा ठोक्किएर दुर्घटना हुदा छप्कैयाका ३० वर्षीय अदनान सिद्धिकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते सिद्धिकीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा पर्साको सखुवाप्रसौनि गाउँपालिका २ श्रीपुर पञ्चगावाका २५ वर्षीय बृज किशोर चौधरी, श्रीपुरकै ३२ वर्षीय बिहारी दास र श्रीपुरकै ५२ वर्षीय अच्छेलाल सहनी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्