काठमाडौँ, २९ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल, चीन र भारतको त्रिदेशीय साझेदारीको आधार बन्दै गएको बताएका छन् ।
आज काठमाडौँमा दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल र ऐतिहासिक भएको बताउदै उनले भने, ‘अहिले त्रिदेशीय साझेदारीको आर्थिक रणनीतितिर जाने आधारहरु तयार हुँदै गरेको, राजनीतिक रुपले समझदारी बन्दै गरेको छ ।’
उक्त भ्रमणका धेरै आयात रहेको र महत्वपूर्ण पक्ष त्रिदेशीय साझेदारीको आधार बनाउनु समेत भएको बताउदै उनले टु प्लेस वान भनेर राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच छलफल हुन थालेको बताए ।










प्रतिक्रिया दिनुहोस्