महोत्तरी, २ कार्तिक । महोत्तरी गाउँपालिका-६ हरिगौरीगामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
शुक्रबार हरिगौरीगामा १२ वर्षीया चाँदनीकुमारी बरही ठाकुरको साथीसँग घर नजिकैको पोखरीमा नुहाउन गएका बेला पानीभित्र पुगेपछि डुबेर मृत्यु भएको हो ।
मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्