काठमाडौँ, ३ कार्तिक । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका रक्षा मन्त्री वे फेन्गेबीच सैन्य सामग्रीहरू उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।
चीनका राष्ट्रपति सीचिङफिनको असोजमा भएको नेपाल भ्रमणका अवसरमा चीनले नेपाली सेनालाई १५० मिलियन युयान सहयोग गर्ने प्रस्ताव गरेका थिए । सोही अनुसार आज नेपाल र चीन सरकारबीच यससम्बन्धी औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता अनुसार मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपालले प्रस्ताव गर्ने सामग्रीहरूको विवरणको आधारमा प्रोटोकलमा समझदारी गरेबमोजिम आगामी तीन वर्षको अवधिमा नेपाललाई हस्तान्तरण हुनेछ ।
उक्त सहायता सम्झौतामा हस्ताक्षर हुनुपूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री र चीनका रक्षा मन्त्रीबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो ।










प्रतिक्रिया दिनुहोस्