नवलपरासी, ५ कार्तिक । नवलपरासी पश्चिममा टिपरको ठक्करबाट एक जनाको घटनास्थलमै मुत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सोमबार दिउँसो लु १ख ५६५८ नम्बरको ट्रिपरले बिपरित दिशाबाट जाँदै गरेको लु ३२ प ७५७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक रामग्राम १८ बस्ने ३० वर्षीय लक्ष्मण चौधरीको घटनास्थलमै मुत्यु भएको प्रहरीले जानएको छ ।
दुर्घटनामा रामग्राम १८ कै ३२ वर्षीय बलिराम चौधरी गम्भीर घाइते भएको छ । उनलाई थ्वीचन्द्र अस्पताल परासीमा उपचार हुन नसकेपछि थप उपचारको लागि भैरहवा पठाइएको प्रहरीले जानएको छ ।
ठक्कर दिने ट्रिपर र चालक प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानएको छ ।










प्रतिक्रिया दिनुहोस्