एजेन्सी, ५ कार्तिक । कङ्गोमा सडक दुर्घटनामा परी कम्तीमा पनि २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
आइतबार बिहान अंगोलाको सीमा क्षेत्रीय कङ्गोली शहर लुफुतर्फबाट आइरहेको सो बस किन्सासा नजिकै दुर्घटना हुदा २४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजमार्गमा गुडिरहेको बस अकस्मात दुर्घटनाग्रस्त भएको हो । बसको ब्रेक फेल भएका कारण उत्पन्न समस्याबाट यो दुर्घटना हुन पुगेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।
बसमा भार बढी भएकोले दुर्घटनामा परेको र उक्त बसमा इन्धन तथा मदिरासमेत रहेकाले आगो लागेको उक्त क्षेत्रका प्रहरी अधिकारीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्