काठमाडौँ, ६ कार्तिक । सिन्धुपाल्चोकमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
आज बिहान भोटेकोशी गाउँपालिका–४ हिन्दीमा करेन्ट लागेर ६० वर्षीय गोरे श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार छिमेकी रुक्मिणी कार्कीको भूकम्पले भत्काएको दुई तले घरको छतमा रहेको पानी ट्याङ्कीकोे स्ट्याण्ड लिन जाँदा करेन्ट लागेको थियो । स्ट्याण्डलाई फलामको भ¥याङबाट तल झार्ने क्रममा नजिकै रहेको थ्री फेज लाइनमा छुन पुग्दा गोरेलाई करेन्ट लागेर घाइते भएपछि बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्