राजनीति

स्व. रविन्द्रले अध्ययन गरेको चुहानडाँडा एयरपोर्टको पुन:अध्ययन गर्न जाँदै मन्त्री भट्टराई



काठमाडौँ, ७ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई तेह्रथुमको आठराई चुहानडाँडामा बन्ने एयरपोर्टको स्थलगत अध्ययन गर्न बिहीबार जानुहुने भएको छ ।

तत्कालीन मन्त्री स्व. रविन्द्र अधिकारीले समेत अनुगमन, अध्ययन तथा अवलोकन गरेको आठराई गाउँपालिका वडा नं ६ मा पर्ने थुम्की डाँडामा अध्ययनका लागि मन्त्री भट्टराई जाने जानुहुनुभएको हो । उहाँले त्यहाँको स्थलगत अध्ययनका साथै स्थानीयसँग छलफल तथा परामर्श गर्ने उहाँको सचिवालयले जनाएको छ ।

गत फागुन १५ मा पनि सोही एयरपोर्ट निर्माणका लागि स्थलगत निरीक्षण गरि फर्कने क्रममा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।