समाचार

नेपालगञ्जको बीपी चोकमा भीषण आगलागी



नेपालगञ्ज, ८ कार्तिक । नेपालगञ्जको बीपी चोक नजिकै भीषण आगलागी भएको छ ।

बिहीवार साँझ फर्निचर पसलमा विद्युत सर्ट भई  आगलागी हुदा आगलागीबाट हालसम्म चारवटा पसलमा क्षति पुगेको छ ।

केही समय अघिदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरपालिकाका २ वटा, कोहलपुर नगरपालिका र नेपालगञ्ज नागरिक उड्डयन कार्यालयका १/१ वटा गरी चारवटा दमकलको सहयोगमा सुरक्षाकर्मीहरु खटिएका छन् ।

बीपी चोक नजिकै पेट्रोल पम्प भएका कारण आगलागी नियन्त्रणका लागि सुरक्षा निकाय थप सक्रिय भएको छ ।