विराटनगर, ८ कार्तिक । नेपाल सरकारका कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले हत्या हिंसाको जुनसुकै आपराधिक घटनाको छानविन गरी कानुनि दायरामा ल्याउने उद्घोष गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले गौर हत्याकाण्डको विषयमा पनि छानविन हुनसक्ने बताउनुभएको छ । गौर हत्याकाण्डको विषयमा पनि छानविन हुनसक्ने बताउँदै उहाँले विगतमा भएका जुनसुकै आपराधिक घटनाको छानविन हुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘हत्या हिंसाको जुनसुकै आपराधिक घटनाको छानविन हुनसक्छ । जनयुद्धमा भएका कतिपय घटनाको विषयमा पनि छानविन हुन्छ तर जनयुद्धलाई अपराधको रुपमा तपाईले बुझ्नु हुँदैन ।’
कांग्रेस नेता मो। अफ्ताव आलम पक्राउ गर्नु कुनै प्रतिशोध नभएको उहाँले स्पष्ट पार्नुभयो । पोखरेलले सर्वोच्च अदालतले दिएको आदेश सरकारले कार्यान्वयन गरेको जानकारी गराउँदै उक्त प्रकृयामा कांग्रेससँग प्रतिशोध साँध्नुपर्ने कुनै कारण नभएको प्रष्ट पार्नुभयो ।
नेकपामा चिनिया सि विचारधारा लागू भएको छ भन्ने विषय गलत भएको भन्दै उहाँले चिनिया कम्युनिष्ट पार्टीले लागू गरेको सि विचारधारा के रहेछ भनेर बुझ्ने काम आफ्नो पार्टीले गरेको बताउनुभयो । नेपालमा आफ्नै मौलिकतामा आधारित विचारधारा लागू हुने पोखरेलको भनाइ रहेको छ ।










प्रतिक्रिया दिनुहोस्