काठमाडौँ, ९ कार्तिक । पूर्वसभासद कमला सुवेदीको निधन भएको छ ।
तत्कालीन नेकपा (एमाले)को केन्द्रीय सदस्यसमेत रहनुभएकी सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो । शनिबार बिहान काठमाडौँको पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार गरिएको छ । ब्रेन ट्युमरको समस्याबाट पीडित हुनुहुन्थ्यो ।
सुवेदीको पार्थिव शरिरमा नेकपाका नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाउनुभएको छ । उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न महासचिव विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरालगायतका नेता कार्यकर्ताहरु आर्यघाट पुग्नुभयो ।










प्रतिक्रिया दिनुहोस्