Banner News

प्रधानमन्त्री ओलीद्वारा बंगलादेशका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता



काठमाडौँ, १० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ ।

बाकुमा जारी असंलग्न अभियानको अठारौँ शिखर सम्मेलनका क्रममा शनिबार बाकु कंग्रेस केन्द्र परिसर भित्र उनीहरूबीच भेटघाट भएको हो ।

भेटमा उनीहरुबीच ऊर्जा सहयोग, पारवहन सहयोगको सही उपयोग, व्यापारिक क्रियाकलापलाई गति दिनुपर्ने पक्षका साथै दुईपक्षीय सम्बन्ध र आपसी अभिरुचिका विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन ।

यसैगरी बाकु कङ्ग्रेस केन्द्रमै प्रधानमन्त्री ओली र पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीबीच आजनै भेटवार्ता भएको छ । भेटमा उनीहरुबीच दुईपक्षीय चासोका विषयमा छलफल भएको छ ।