समाचार

योयो युनिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न



भक्तपुर १० कार्तिक । राम चन्द्र प्रजापति । म समाजको लागि समाज मेरो लागि भन्ने उद्देश्यले शनिबार योयो युनिटीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भयो ।

एकै समयमा सात स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। यसरी सात स्थानमा एकैपटक आयोजना गर्ने पहिलो संस्था योयो युनिटी रहेको छ । कार्यक्रमको सहकार्य महानगरीय प्रहरी परिसर भक्तपुर र सहयोगी संस्थाहरु भक्तपुरको च्याम्हसिह चोकमा सबैको साकोसले, सल्लाघारी चोकमा लुनिभा साकोस, दुधपाटी लक्ष्य साकोस, लायन्स क्लब अफ भक्तपुर गोल्डेन गेट, लियो क्लब अफ भक्तपुर गोल्डेन गेट, तौमढी चोकमा लायन्स क्लब अफ भक्तपुर रियल गेट, होटेल बह, VIVO, लिवाली चोकमा श्रीदुर्गा साकोस र गुण्डु चोक श्री जनशक्ति साकोस, थिमीमा स्वस्तिक साकोसले कार्यक्रम व्यवस्थापन जिम्मेवारी लिएको योयो युनिटी संस्थाका अध्यक्ष रुपेश शिलाकारले जानकारी दिनु भयो ।

रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरु च्यामसिह लिवाली चोकमा ३९ जना, तौमढीमा ३५ जना सल्लाघारीमा ४३जना, थिमीमा ३५ जना, सूर्यविनायकमा ५५ जना दुधपाटी सिद्द्पोखरीमा ५८ जना र गुण्डुमा ३८ जना गरी जम्मा ३०३ जनाले रक्तदान गरेको योयो युनिटीका सचिव सुनिल प्रजापतिले जानकारी दिनु भयो ।