समाचार

बन्चरो प्रहारबाट युवकको मृत्‍यु



कैलाली, १२ कार्तिक । जिल्लाको पुर्वी क्षेत्र टीकापुरमा बन्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका ५ मनिकापुरमा सोमबार दिउँसो छिमेकी खुसीराम चौधरीले बन्चरो प्रहार गर्दा ३२ वर्षका मोतीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बञ्चरो प्रहार गर्ने मोतीरामका छिमेकी खुसीराम फरार छन् । सामान्य विवादमा मोतीरामलाई वञ्चरो प्रहार गरेको बुझिएको प्रहरीले जनाएको छ । फरार खुसीरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।