काठमाडौँ, १२ कार्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा नेपालीहरुको महान चड दीपावली तथा नेपाल सम्वत ११४० को शुभकामना व्यक्त गर्नुभएको छ ।
दीपावली र नेपाल संवतको अवसरमा उपराष्ट्रपति पुनले पनि शुभकामना दिनुभएको छ । उज्यालो र उल्लासको पर्वको रूपमा मनाइने दीपावलीलाई स्वागत गरेर हर्षोल्लासका साथ मनाइँदै गर्दा नेपालको मौलिक संवत् नेपाल संवतको नव वर्ष ११४० को सुखद् प्रारम्भ पनि यसै अवसरमा भएको भन्दै उहाँले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाएको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्