काठमाडौँ, १३ कार्तिक । १८ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पीडित किशोरीले दिएको उजुरीका आधारमा आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका बहालवाला सह–सचिवसमेत राईलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको हो ।
पीडित किशोरीकले सोमबार राती काम छ भन्दै बोलाएर गोकणेश्वर स्थित साथिको कोठामा लगेर राईले आफुलाई जबरजस्ती करणी गरेको प्रहरी समक्ष बयान दिएकी छिन् । पीडित किशोरी गएराति नै सम्पर्कमा आएको र त्यस लगत्तै प्रहरीले ती किशोरीलाई उद्धार गरेको थियो ।
घटनाबारे थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनले घटनाबारे थप प्रमाणका लागि पीडित किशोरीलाई मेडिकल जाँच गर्न पठाईएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्