काठमाडौँ, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पतालमा भर्ना भएका छन ।
बुधबार विहान नियमित स्वास्थ्य परीक्षणका लागि भनी अस्पताल गएका प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण पूरा नभएकाले आज राति अस्पतालमा नै रहन सक्ने अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र अस्पतालकै नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष डा. दिव्यासिंह शाहले विज्ञप्तिमार्फत जनाएका छन् ।
विज्ञप्ति











प्रतिक्रिया दिनुहोस्