समाचार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा काँग्रेसका युवा नेता पक्राउ



ललितपुर, १४ कार्तिक । ललितपुरमा १९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा काँग्रेसका युवा नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरकाका अनुसार जबरजस्ती करणीको आरोपमा नुवाकोट ओखरपौवाका ज्ञानेन्द्र गजुरेललाई पक्राउ गरेको हो ।

उनी नेपाली काँग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्य रहेको बताइएको छ । उनलाई नेपाली काँग्रेस नुवाकोटका सभापति जनदीश्वरनरसिंह केसीले गत मंसिरमा आमन्त्रित सदस्यमा मनोनित गरेका थिए । त्यतिबेला केसीले गजुरेलसहित ८७ जनालाई आमन्त्रित सदस्यमा मनोनयन गरेका थिए ।

गजुरेलमाथि थप अनुसन्धान भइरहेको पनि राईले जानकारी दिए । प्रहरीका अनुसार गजुरेलले लगनखेलस्थित साथीको कोठामा ती युवतीलाई लगेर जबरजस्ती करणी गरेको आरोप छ ।