अर्थ

५० प्रतिशत साना उद्योगमा सहकारीबाट कर्जा



काठमाडौँ, १४ कार्तिक । साना तथा मझौला उद्योगमध्ये ५० प्रतिशत उद्योग ऋणका लागि सहकारी संस्थाको भर पर्ने गरेको पाइएको छ ।

बैंकहरुको सेवा सरल र प्रभावकारी नहुँदा उद्योगीहरु सहकारीबाट चर्काे ब्याजदरमा ऋण लिन बाध्य भएका छन् । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा ५० प्रतिशतमात्र साना तथा मझौला उद्योगले बैंकबाट ऋण पाउने गरेको उल्लेख गरेको छ ।

बैंकहरुले साना तथा मझौला (एसएमई) कर्जालाई प्राथमिकता दिने भन्दै प्रचार गरेपनि सेवा प्रभावकारी हुन नसक्दा उद्योगीहरुले सहकारीबाट ऋण लिने गरेका हुन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।