राजनीति

हुँदा खाने र हुने खानेको बीचमा रहेको शिक्षाको खाडल अन्त्य गर्नुपर्छ : उपराष्ट्रपति पुन



सिन्धुपाल्चोक, १५ कार्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले हुने खानेको लागि निजी र हुँदा खानेको लागि मात्र सामुदायिक विद्यालय भएको चर्चा गर्दै उहाँले शिक्षामा ठूलो खाडल रहेकाले यसलाई अन्त्य गर्नु अहिलेको अपरिहार्यता रहेको बताउनुभएको छ ।

सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै उपराष्टपति पुनले जनमुखी र वैज्ञानिक शिक्षाको आवश्यकता रहेको औँल्याउदै शैक्षिक प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो छ ।

सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति पुनले निजी विद्यालयलाई क्रमशः नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभाका सांसद अग्निप्रसाद सापकोटाले स्थानीय सरकारमा विकृति र विसङ्गति रहे पनि समग्रमा राम्रो रहेको चर्चा गर्नुभयो ।