काठमाडौँ, १५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्दै छ ।
पार्टी कार्यालय सानेपामा बस्ने बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाउने विषयमा केन्द्रित हुने बताइएको छ । बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्