झापा, १६ कार्तिक । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडको सयुक्त प्रहरी टोलीले नेपाल आएर चोरीमा संलग्न एक नामुद चोरलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय नागरिक रघुबर प्रसाद साहलाई पक्राउ गरेको साह भारतको सिलगडीका भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय विर्तामोडका अनुसार साह नेपाल भारत सीमावर्ती जिल्ला झापा, सुनसरी र मोरङका विभिन्न स्थानमा चोरीमा संलग्न रहेको खुलेको छ ।
पक्राउपछि शुक्रबार चोरीमा संलग्न साहलाई प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीका अनुसार उनी भारतबाट नेपाल आउदा भन्सार तिरेर ६० लाखको महिन्द्रा गाडी चढेर आउने गरेको समेत भेटिएको छ ।
प्रहरीले साहलाई १२ कार्तिक गते सिसिक्यामेराको फुटेजका आधारमा विर्तामोडस्थित एक लजबाट पक्राउ गरेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्