काठमाडौँ, १६ कार्तिक । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सडकमा घस्रेर सिंघिया घाटसम्म ण्डप्रणाम यात्रा सुरु गरेका छन् ।
छठ पूजाका लागि निराहार ब्रत बसेका पराजुलीले १६ औं पटक दण्डप्रणम यात्रा सुरु गरेका हुन् । मेयर पराजुली १६ वर्षयता छठको पूजाका लागि विराटनगर ३ पोखरीया ठूलोमिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म दण्ड प्रणाम गर्दै यात्रा तय गर्नेछन् ।
पराजुलस“ग श्रीमती रञ्जिता भतिज प्रमेशले पनि दण्ड प्रणाम यात्रा सुरु गरेका छन् । शनिबार साइत हेराएर साढे १० बजेबाट पराजुलीले मन्दीरबाट सिंघिया घाटसम्मका लागि दण्डप्रणाम यात्रा सुरु गरेका हुन् । करिब तीन किलोमिटर दुरी पार गर्न चार घण्टा लाग्ने छ ।
शनिबार घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि घाटमा नै जाग्रामबसी आइतबार बिहान उदाउदो सूर्यलाई अघ्र्य दिएर ब्रत समापन गर्नेछन् ।










प्रतिक्रिया दिनुहोस्