काठमाडौँ, १६ कार्तिक । शनिबार बसेको नेकपा सचिवालयको बैठक विनानिश्कर्ष टुंगिएको छ ।
आगामी मंसिर १४ गते हुने उपचुनावका लागि उम्मेदवारहरुको टुंगो लगाउन शनिबार करिब ३ घण्टासम्म बसेकमा उम्मेदवारहरुबारे छलफल सुरु भएको र आइतबारको बैठकले अन्तिम निर्णय गर्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका साथै तीनवटा प्रदेशसभा सदस्यहरु र धरानका मेयरको उम्मेदवारी टुंगो लगाउन शनिबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेदेखि करिब ३ घण्टासम्म बसेको बैठकले भक्तपुर, दाङ र बाग्लुङमा प्रदेशसभा सदस्यका उम्मेवारका विषयमा पनि छलफल गरेको बैठकपछि नेताहरुले जानकारी दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्