काठमाडौ, १६ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले आउँदो मंसिर १४ गते हुने उपचुनावको उम्मेदवार चयनको टुङ्गो भोली आइतवार लगाउने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपाको सचिवालय बैठकले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीले प्रतिनिधि सभा, प्रदेश सभा र पालिकाका लागि सिफारिस गरेर पठाएका उम्मेदवारहरुको विषयमा प्रारम्भिक छलफल गरेको हो ।
बैठक पछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि ९आइतबार० बस्ने सचिवालयको बैठकबाट प्रतिनिधि सभा, प्रदेश सभा र पालिकाका कतिपय मेयरको उम्मेदवारको पनि टुंगो लगाउने जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था गम्भीर नभएको बैठकमा जानकारी गराउनुभएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्