काठमाडौँ, १७ कार्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज हुँदै छ ।
गत शुक्रबार जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको बयान लिइएपनि समय नहुँदा थुनछेक बहस हुन सकेको थिएन । आज पुनः अदालतमा महराको थुनछेक बहस हुनेछ ।
आजको थुनछेक बहस सकिएमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुनेछ ।










प्रतिक्रिया दिनुहोस्