काठमाडौँ, १७ कार्तिक । सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा डा। भगवान कोइरालालाई नियुक्त गरेको छ ।
आज आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले वरिष्ठ मुटुरोग विशेषज्ञ कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफ़ारिस गरेको थियो ।
तर प्रधानमन्त्री ओलीले बास्कोटालाई उपकुलपति बनाउन चाहेपछि कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाइएको हो । यद्यपि आइतबार उपकुलपति नियुक्तिबारे निर्णय भएको छैन ।
कोइरालाले केन्द्रीय बाल अस्पताल खोल्ने योजना बनाएका छन् । सरकारले सो अस्पतालको लागि जग्गा उपलब्ध गराइसकेको छ ।










प्रतिक्रिया दिनुहोस्