रौतहट, १८ कार्तिक । बम बिस्फोटका घाइतेलाई जिउँदै इँट्टाभट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमविरुद्ध आज जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता हुँदैछ ।
प्रहरीले अनुसन्धान सकेर बुझाएको प्रतिवेदन अध्ययन गरेको जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्न लागेको हो । आलमसहित १० जनालाई सर्वस्वसहित जन्मकैद र इँट्टा भट्टाका मालिक मुक्ति साहलाई मतियारका रुपमा मुद्दा दायर गर्न लागिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
आज मुद्दा दर्ता भएपछि भोली थुनछेक बहस हुनेछ । प्रहरीले अनुसन्धानका क्रममा तत्कालीन प्रहरी अधिकारीहरुसँग समेत कागज गराएर बलियो प्रमाण जुटाएको छ । आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले गएको असोज २६ गते पक्राउ गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्