काठमाडौँ, १८ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता शेखर कोइरालाले बिनाकारण सरकारले प्रदेश प्रमुख हटाएर आफ्नो स्वेच्छाचारिता प्रदर्शन गरेको आरोप लगाउँदै सरकारको यो निर्णयले सहकार्यको ढोका बन्द भएको बताउनुभएको छ ।
सरकारले प्रदेश प्रमुख हटाउन सक्ने संवैधानिक प्रावधान भए पनि निर्वाचन आचारसंहिता जारी भएकै बेला प्रदेश प्रमुखहरूको बर्खास्ती गर्नुले गम्भीर बनाएको बताउँदै नेता कोइरालालेभन्नुभयो, ‘प्रदेश प्रमुख हटाउने संवैधानिक अधिकार सरकारलाई छ । तर, सरकार गठनको लामो समयपछि यस्तो निर्णय हुँदा हामीलाई गम्भीर बनाएको छ ।’










प्रतिक्रिया दिनुहोस्