Banner News

नेकपा सचिवालय बैठकले टुंगो लगायो प्रदेश प्रमुखको नाम



काठमाडौँ, १८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । नेकपाको आज बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो ।

जसअनुसार,

अमिक शेरचन (चितवन)

सोमनाथ अधिकारी (कास्की)

तिलक परियार (बाँके)

धर्मनाथ यादव (सिरहा)

गोविन्द कलौनी (डडेल्धुरा)

शर्मिला त्रिपाठी (काठमाडौँ)

 विष्णु प्रसाईँ (झापा)

उक्त नाम सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपा प्रवक्ता विष्णु पौडेलले जानकारी दिएका हुन । यद्यपि कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेचाहिँ मन्त्रिपरिषद्ले टुंगो लगाउने उनको भनाइ छ  ।