राजनीति

‘हरेक घरः ऊर्जा घर’ अभियान सञ्चालन गर्ने सरकारको तयारी



काठमाडौँ, १८ कार्तिक । ‘हरेक घरः ऊर्जा घर’ अभियान सञ्चालन गर्ने सरकारले तयारी गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले ऊर्जामा सबैको पहुँच पु¥याउन सो अभियान सञ्चालन गर्न लागिएको बताएका छन ।

ललितपुरमा आज वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २३ औं वार्षिकोत्सवको अवसर आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले सञ्चालनमा ल्याएको ‘सबैका लागि ऊर्जा’ अभियानलाई पनि परिणाममुखि बनाउनुपर्नेमा जोड दिए ।

सरकारले आर्थिक वर्ष २०८०–८१ भित्र करिब १२ प्रतिशत जनतामा नवीकरणीय ऊर्जाको माध्यामबाट स्वच्छ ऊर्जामा पहुँच पु¥याउने लक्ष्य लिएको छ ।

मन्त्री पुनले सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि वैकल्पिक ऊर्जाको महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।