काठमाडौँ, १८ कार्तिक । नेपाल एअरलाइन्सले मंसिर महिनाको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ ।
लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार भर्खरै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारी अनुरुप निगमको ग्वोञ्जाओ उडान सुनिश्चित भएको हो ।
निगमले आन्तरिकरूपमा कागजात चिनियाँ सिभिल एभिएशनलाई पठाएको र त्यसैको आधारमा ग्वोञ्जाओ उडानका लागि ‘स्लट’ पाउने बताइएको छ । यसैबीच निगमले चीनको राजधानी बेइजिङ र सङ्घाई उडानका लागि चिनियाँ नियामक निकायसँग पहल थालेको छ ।










प्रतिक्रिया दिनुहोस्