एजेन्सी, १९ कार्तिक । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अक्टोबर ३१ मा नै यूरोपेली यूनियन (इयू)बाट बाहिरिने भनी गरेको प्रतिज्ञा पूरा गर्न नसकेकोमा बेलायती जनतासँग आइतबार क्षमा याचना गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोनसनले इयूसँग गरेको ब्रेक्जिट सम्झौताले भविष्यमा हुने बेलायत–अमेरिका व्यापार सहमतिलाई बाधा पार्ने भनी बेलायती प्रधानमन्त्री जोनसनको आलोचनापछि जोनसनले भन्नुभयो, “समयमा ब्रेक्जिट प्रक्रियालाई टुङ्ग्याउन नसक्नु दुःखद कुरा हो । म राष्ट्रपतिमाथि कुनै आक्षेप लगाउन चाहन्न । तर यस बिषयमा उहाँ प्रस्ट भ्रममा हुनुहुन्छ । जसले हाम्रो (बेलायत र इयूको) सम्झौतालाई हेरेको छ उसले यसलाई ठूलो सहमतिका रूपमा लिएको छ । यसले हामीहरूलाई करतालिकाबाट पूर्ण बन्धनमुक्त हुन दिएको छ ।”
प्रतिक्रिया दिनुहोस्